Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

वायु प्रदूषण घटाउन दिल्लीले पटकामा प्रतिबन्ध लगायो 

वायु प्रदूषण घटाउन दिल्लीले पटकामा प्रतिबन्ध लगायो 

  • 552
    SHARES
  • वायु प्रदूषण घटाउन दिल्लीले पटकामा प्रतिबन्ध लगायो 

    नयाँ दिल्ली । भारत विश्वको सबैभन्दा प्रदुषित देशमध्ये एक हो । दिल्लीमा वायु प्रदूषणका डरलाग्दो तस्बिरले अन्तर्राष्ट्रिय मिडियामा विशेष ठाउँ पाउँछन् । सेप्टेम्बर महिनाको अन्तिमदेखि प्रत्येक वर्ष दिल्ली र आसपासको क्षेत्रमा हावाको गुणस्तर विस्तारै खराब हुँदै जान्छ । यस क्रममा हरियाणा र उत्तर प्रदेशमा किसान बालीनाली काटेपछि खेत सफा गर्न आगो लगाइदिन्छ । यसकारण पनि हावामा धुँवाको मात्रा बढी हुन्छ । गत वर्ष अक्टुबर र यस वर्ष जनवरी बीचको तीन महिना दिल्लीमा प्रदूषणको स्तर विश्वमा सबैभन्दा खराब स्थितिमा पुगेको थियो । 

    यस प्रदूषणलाई बढावा दिन दिपावलीमा पड्काइने पटकाले पनि महत्वपूर्ण भूमिका निभाउँछन् । यसका लागि दिल्ली सरकारले पटकामा प्र्रतिबन्ध लगाउने फैसला गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लगातार तीन वर्षदेखि दिपावलीका समयमा दिल्लीमा वायु प्रदूषणको खतरनाक स्थिति देखिएकाले पूर्णरुपमा प्रतिबन्ध लगाइएको बताए । 

    गत वर्ष पनि पटकामा प्रतिबन्ध लगाइएको थियो तर अधिकारीहरुले यसलाई खासै लागू गर्न खोजेनन् । कतिपय हिन्दू संगठनले यसको विरोध गरेका थिए । सरकारी नियम उल्लंघन गर्दै धेरैले पटका पड्काए । व्यापारीहरुले पटका भण्डारण नगरुन् भनेर दिपावली आउनुभन्दा धेरै समयअगाडि देखि नै प्रतिबन्ध लागू गरिएको हो । 

    सेप्टेम्बर महिनाको दुई सातामा दिल्लीको हावामा खतरनाक पिएम २ं५ पार्टिकल्सको औसत स्तर ३०.७४ माइक्रोग्राम प्रतिघनमिटर रहेको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार यो स्तर २५ सम्म सुरक्षित मानिन्छ । केही भारतीय राज्यमा किसानलाई खेतमा आगो लगाउन कडा प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुई वर्षदेखि हरियाणा र पञ्जाबमा खेतमा किसानले लगाउने आगलागी ठूलो मुद्दा बनेको छ । आगो लगाउने किसानले धेरै जरिवाना बुझाउनुपर्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij