वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आयोजनाको वैज्ञानिक मापदण्डबिना जथाभावी बजेट छुट्याएको पाइएको बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
अघिल्लो सरकारले विकास, निर्माणको योजना बनाउन कहाली लाग्दो प्राणाली अवलम्बन गरेको शर्माको भनाइ छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमा करिब ३ प्रतिशत हाराहारी मात्रै चलाउने क्रममा यस्तो डरलाग्दो तथ्य भेटाएको अर्थमन्त्री शर्माले बताएका हुन् ।
‘देशको कुन जिल्लामा लाई कति सडक चाहिने हो, कुन सडक कति लेनको हुनुपर्ने हो, यसको कुनै मानक भेटिएन । जो सत्तामा आयो, त्यसले आफ्नै मनमौजी तरिकाले सडक,आयोजनामा बजेट छुट्याउने गरेको पाइयो,’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij