वेबटिभी खबर
कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रतिनिधिसभा विघटन गर्ने सोचमा रहेको दाबी गरेका छन् ।
अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा एमाले नेता भट्टले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने मनस्थितिमा देउवा रहेको दाबी गरेका हुन् ।
‘संसद् विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, नेता भट्टले दाबी गरे, ‘यो कुरा बाहिर नल्याइएको मात्रै हो ।’
यस्तै उनले एमसीसीका कारण पाँचदलीय गठबन्धन फुट्ने दाबी पनि गरे । ‘त्यसकै कारण मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन,’ भट्टले भने ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij