Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

चेल्सीका डिफेन्डर चम्किँदा टोटेनहमको हार  

चेल्सीका डिफेन्डर चम्किँदा टोटेनहमको हार  

  • आश्विन ४, २०७८ सोमवार ०८:४४ बजे
  • 524
    SHARES
  • चेल्सीका डिफेन्डर चम्किँदा टोटेनहमको हार  

    एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्र्तगत भएको लन्डन डर्बीमा चेल्सीले जित निकालको छ। चेल्सीले टोटेनहम हटस्परमाथि ३–० को जित निकालेको हो। 

    चेल्सीको जितमा दुई डिफेन्डर थियागो सिल्भा र एन्टेनियो रुडिगरले गरेका थिए। थप एक गोल एङगोलो कान्टेको नाममा रह्यो। तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । 

    दोस्रो हाफका शुरुमै ब्राजिली डिफेन्डर थियागो सिल्भाले गोल गर्दै पाहुना टोली चेल्सीलाई १–० को अग्रता दिलाए । उनले मार्कोस अलन्सोको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा एङ्गोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले माटियो कोभासिसको पासमा गोल गरेका थिए ।

    इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्टेनियो रुडिगरले टिमो वेर्नरको पासमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । 
    जितपछि अपराजित रहेको चेल्सी ५ खेलबाट १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान १३ अंक नै रहेपनि लिभरपुल र म्यानचेस्टर युनाइटेड गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा रहेको छ । लिगमा लगातार दोस्रो हार बेहोरेको टोटेनहम ९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # चेल्सी
  • # टोटेनहम

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij