Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भिनिसियस चम्किँदा रियल मड्रिडले भ्यालेन्सियालाई हरायो 

भिनिसियस चम्किँदा रियल मड्रिडले भ्यालेन्सियालाई हरायो 

  • आश्विन ४, २०७८ सोमवार ०८:५० बजे
  • 488
    SHARES
  • भिनिसियस चम्किँदा रियल मड्रिडले भ्यालेन्सियालाई हरायो 

    एजेन्सी – रियल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि जित निकालेको छ। एक गोलले पछि परेको अवस्थामा खेलको अन्त्यतिर भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरेपछि रियलले पुनरागमन जित निकालेको थियो। 

    रियलले घरेलु टोली भ्यालेन्सियालाई २–१ ले पराजित गरेको हो । भ्यालेन्सियाका हुगो डुरोको गोल सान्त्वना बन्यो ।  रियलले ६६औं मिनेटमा गोल खान पुग्यो । हुगो डुरोले गोल गर्दैै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए। 

    ८६औं मिनेटमा ब्राजिली भिनिसियसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कप्तान बेन्जेमाको प्रहार डिमिट्रि फउलक्वेएरले डिफ्लेक्ट हुदै आएको बललाई सुन्दर फिनिस गरेका थिए । त्यसको दुई मिनेटपछि नै कप्तान बेन्जेमाले भिनिसियसको क्रस पासमा हेडरमार्फत सुन्दर गोल गर्दै रियललाई २–१ को पूनरागमन जित दिलाए ।

    जारी सिजनमा भिनिसिएसले ५ खेलमा ५ गोल गर्दै एक असिस्ट दिएका छन् । बेन्जेमाले ५ खेलमा ६ गोल र ५ असिस्ट गरेका छन्। 

    जितपछि अपराजित रहेको रियल ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई २ अंकले पछि पारेको छ। भ्यालेन्सियाले शीर्ष स्थानमा उक्लने मौका गुमाउँदा १० अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij