Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमालेको अवरोधबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

एमालेको अवरोधबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

  • 533
    SHARES
  • एमालेको अवरोधबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको अवरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा एमाले सांसदहरूको अवरोधकै बीच सभामुख अग्नि सापकोटाले बैठकको कार्यसूची अगाडि बढाएका छन् ।

    नवौं अधिवेशनको छैटौं बैठक सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजीमा उत्रिएका छन् । सोमबारको जारी बैठकमा विनियोजन विधेयकमाथि छलफल र जवाफको कार्यसूची रहेको छ। 

    कार्यसूचीअनुसार नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले  ‘विनियोजन विधेयक, २०७८’ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गरेका छन् । एमाले सांसदहरूले सभामुखको भूमिकालाई लिएर नाराबाजी गरिरहेका छन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij