Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

चोरीका दुईवटा मोटरसाइकलसहित एक जना पक्राउ !

चोरीका दुईवटा मोटरसाइकलसहित एक जना पक्राउ !

  • 760
    SHARES
  • चोरीका दुईवटा मोटरसाइकलसहित एक जना पक्राउ !

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल र स्कुटर सहित एक जनालाई गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले गोकर्णेश्‍वर नगरपालिका वडा नम्बर ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भई हाल बौद्ध बस्ने वर्ष २४ को तेज बहादुर खड्कालाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    विशेष सुराकीको आधारमा निजलाई पक्राउ गरी निजले लुकाई पार्किङ गरी राखेएको बा ५६ प ४५४४ नम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो । उक्त स्कुटर  १ असोजमा मकवानपुर मनहरीका किरण वाइबाले ललितपुरको खुमलटारमा पार्किङ गरको अवस्थामा हराएको भनी महाशाखामा जानकारी दिएका थिए ।

    थप अनुसन्धान गर्दै जाँदा निजले चोरी गरि वास्तविक नम्बर परिवर्तन गरि प्रदेश ३-०२-०१० प ७४४ नम्बर प्लेट भएको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसमेत फेलापारेको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२-०१७ प ७८०३ भएको उक्त मोटरसाइकल ३० भदौमा काठमाडौंको काँडाघारीस्थित पार्किङबाट हराएको खुल्न आएको छ ।

    उक्त मोटरसाइकल भोजपुर वडा नं ५ बोखिम घर भई काँडाघारी बस्ने विशाल तामाङको रहेको पत्ता लागेको छ । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीको लागी महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij