Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

मदन भण्डारीले प्रतिपादन गरेको जबज अंशबण्डामा पर्नु दुःखद् : दमननाथ ढुंगाना

मदन भण्डारीले प्रतिपादन गरेको जबज अंशबण्डामा पर्नु दुःखद् : दमननाथ ढुंगाना

  • 617
    SHARES
  • मदन भण्डारीले प्रतिपादन गरेको जबज अंशबण्डामा पर्नु दुःखद्  :  दमननाथ  ढुंगाना

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाले नेकपा एमालेका स्वर्गीय नेता मदन भण्डारीमा राष्ट्रप्रेमको वास्तविक भावना भएको बताएका छन् । मदन भण्डारीबारे लेखिएको किताबको मंगलबार काठमाडौंमा आयोजित विमोचन कार्यक्रममा ढुंगानाले यस्तो बताएका हुन् । ढुंगानाले दक्षिण एशियामै कुनै मुलुकमा कम्युनिस्ट पार्टीले सरकार नबनाएको तर नेपालमा कम्युनिस्ट दलले सरकार बनाउनुमा मदन भण्डारीको ठूलो भूमिका रहेको उल्लेख गरेका छन् ।

    ‘मदन भण्डारीले जनताको बहुदलीय जनवाद ९जबज०लाई एमालेको कार्यक्रम नै बनाएर कम्युनिस्ट शक्तिलाई जनतामा लोकप्रिय बनाउनु भएको हो । दक्षिण एशियामै कुनै मुलुकमा कम्युनिस्ट दलको सरकार छैन । तर नेपालमा उहाँले कम्युनिस्ट दलको सरकार बनाएर देखाइदिनु भयो,’ ढुंगानाले भने, ‘तर अहिले त्यही जबज अंशबण्डमा परेको छ । हेरौं कुन दलले जबजलाई अघि बढाउने हो ।’ 

    भण्डारी भूमिकत कालमा, पार्टीमा काम गर्दा र संसद्मा बोल्दा सधैं राष्ट्रप्रेमलाई आत्मसाथ गरेर बोल्ने नेता भएको उनले बताए । ‘उहाँ राजनीति गरेर पदबाट लाभ उठाउने नेता हुनुन्थेन । अहिलेका नेतामा राजनीति गरेर पदबाट लाभ उठाउने प्रवृत्ति देखिएपछि जनतामा राजनीतिक वितृष्णता उत्पन्न भएको छ,’ ढुंगानाले भण्डारीलाई स्मरण गर्दै भने । नेपालमा हरेक आन्दोलनपछि उचित नेता नआएको तर ०४६ सालको आन्दोलनपछि जनताले खोजेजस्तो नेताका रूपमा मदन भण्डारीलाई पाएको उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij