काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिना वडामै पराजित भएका छन्। सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना क्षेत्रीय प्रतिनिधि पदमा वडामै पराजित भएका हुन्।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा ४ का तिमिल्सिनाले १७ मत मात्र प्राप्त गरेका थिए । यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु काठमाडौँ सम्पर्क समितिका अध्यक्ष सोनाम थिङ पनि वडाबाट माथि आउन सकेनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उनीहरू बाह्रबिसे नगरपालिका वडा ३ मा पराजित भएको हुन् ।
यस्तै रोल्पामा केन्द्रको संस्थापन पक्ष निकट नेताहरूलाई जिल्लाको संस्थापन पक्षले वडामै सीमित पारेको थियो । सभापति शेरबहादुर देउवानिकट रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगर माडी गाउँपालिका–२ मा पराजित भएका छन् । घर्तीमगर देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापतिका भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij