Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

  • 475
    SHARES
  • परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

    काठमाडौं । सरकारले परराष्ट्र मन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्कालाई नियुक्त गरेको छ ।  खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । 

    ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ,’ प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको भनाइ छ । 

    तर राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी रहेको उनले जानकारी दिए ।  शपथ ग्रहणको समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । बुधबार कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने तयारी रहेको बुझिएको छ । 

    सत्ता गठबन्धनका नेताहरूको मंगलबार बसेको बैठकमा डा। खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij