Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

देउवाले आफूखुसी मन्त्री बनाएको भन्दै पौडेल समूह आक्रोसित, दिउँसो बैठक बस्ने

देउवाले आफूखुसी मन्त्री बनाएको भन्दै पौडेल समूह आक्रोसित, दिउँसो बैठक बस्ने

  • 670
    SHARES
  • देउवाले आफूखुसी मन्त्री बनाएको भन्दै  पौडेल समूह आक्रोसित, दिउँसो बैठक बस्ने

    काठमाडौं । देउवा पक्षले आफूखुसी मन्त्री बनाउन थालेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष  छलफलमा जुट्ने भएकाे छ । बुधबार दिउँसो महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको बैठक बस्ने तय भएको हाे ।

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै रुष्ट बनेको पौडेल पक्षले पार्टीमा सल्लाह नगरी मन्त्री चयन गरेको भन्दै बैठक बस्न लागेको छ ।  बुधबार आफू पक्षकै खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेपछि पौडेल पक्ष कस्तो कदम चाल्ने भन्नेबारेमा बैठकम जुट्न लागेको हो ।

    परराष्ट्रमन्त्रीमा सुजाता कोइराला र मिनेन्द्र रिजाललाई नियुक्त गर्नुपर्ने पौडेल पक्षको माग थियो । तर, बुधबार डा.खड्कालाई प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै बैठक बस्दैछ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij