वेबटिभी खबर
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थिततमा खड्काले शपथ लिएका हुन् । नवनियुक्त मन्त्री खड्काले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का बुधबार नै न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij