काठमाडौं । म्यानचेस्टर युनाइटेड ईएफएल काराबाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ। बुधबार राति सम्पन्न खेलमा उसले वेस्ट हामसँग १–० गोलको हार बेहोर्दै युनाइटेड कपबाट बाहिरिएको हो।
यता साँघुरो जितसँगै वेस्ट हाम चौथो चरणमा पुगेको छ। यसअघि गएको आइतबार भएको खेलमा युनाइटेडले वेस्ट हामलाई हराएको थियो।
जितका लागि म्यानुएल लान्जीनीले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले १२ महिनापछि टिमका लागि गोल गरेका थिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij