वेबटिभी खबर
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न आग्रह गरेको छ ।
विश्वमा वायु प्रदूषणको तह आकलन गरिएभन्दा पनि घातक देखिएको भन्दै उसले आफ्ना एक सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन कम गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।
वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै डब्लुएचओले नाइट्रोजन अक्साइड उच्च सुरक्षा तहको मापदण्ड घटाएको छ । ओजोन, सल्फर डाइक्साइड र कार्बन मोनोअक्साइडसहितका ग्यासको मात्रामा पनि कटौती गरिनुपर्ने सुझाव डब्लुएचओको छ ।
डब्लुएचओका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष करिब ७० लाख मानिसको मृत्यु हुने गरेको छ। वायु प्रदूषणबाट न्यून तथा न्यून मध्यम आय भएका देशका नागरिक बढी प्रभावित छन् ।
धूम्रपान र अस्वस्थकर खानपानसरह नै वायु प्रदूषण घातक रहेको डब्लुएचओले बताउँदै आएको छ । वायु प्रदूषणका कारण मुटुसम्बन्धी रोग तथा स्ट्रोकसहितका घटना बढेका छन् । वायु प्रदूषणका कारण सबैभन्दा बढी दक्षिणपूर्वी एसिया प्रभावित छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij