Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १ हजार २ सय ३९ जना संक्रमित थपिए, १३ जनाकाे निधन

कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १ हजार २ सय ३९ जना संक्रमित थपिए, १३ जनाकाे निधन

  • 503
    SHARES
  • कोरोना ग्राफ : पछिल्लो २४ घण्टामा १ हजार २ सय ३९ जना संक्रमित थपिए, १३ जनाकाे निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ हजार २४३ नमुना परीक्षण गर्दा १२ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ६२९ पीसीआर परीक्षण गर्दा ९४१ र ३ हजार ६१४ एन्टीजेन परीक्षण गर्दा २९८ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

    मन्त्रालयकाअनुसार यस अवधिमा १३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १३ जनाको निधन भएको छ । देशभर १ लाख ३८ हजार ३८५ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४१७ होम आइसोलेसनमा र १३ सय ६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसन रहेकामध्ये ३४० आइसियूमा र १११ जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij