Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कोभिडले बेलायती पुरुषको औसत आयु घट्यो

कोभिडले बेलायती पुरुषको औसत आयु घट्यो

  • 621
    SHARES
  • कोभिडले बेलायती पुरुषको औसत आयु घट्यो

    लण्डन ।  बेलायती पुरुषको औसत आयु घटेको छ । पछिल्लो चालिस वर्षमा पहिलो पटक बेलायती पुरुषको औसत आयु घटेको हो ।

    ‘कोभिड महामारीका कारण पछिल्लो चालीस वर्षपछि पहिलो पटक बेलायती पुरुषको आयु घटेको हो,’ बेलायतको राष्ट्रिय तथ्यांक कार्यलयका पामेला कोबले भने । तर, महिलाको औसत आयुमा भने कुनै परिवर्तन नभएको कार्यलयले जनाएको छ ।

    कोभिड महामारीअगाडि जन्मिएका बालकको औसत आयु ७९ दशमलब २ वर्ष थियो भने कोभिडको समयमा जन्मिनेको बालकको औसत आयु ७० वर्ष छ । तर, महामारी रोकिएपछि औसत आयुमा पनि परिवर्तन हुने अनुमान गरिएको छ । 

    ‘अहिले भइरहेको पुरुषको मृत्युदरलाई आधार मानेर हामीले यस्तो निस्कर्ष निकालेका हौं,’ कोबले भने, ‘कोरोना भाइरस महामारी सकिएसँगै मृत्युदरमा पनि परिवर्तन हुन्छ । ’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij