Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

  • 746
    SHARES
  • स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग नागढुङ्गाबाट सवारीसधान जाँच गर्न खटिएको टोलीले शुक्रबार राति भारतको महाराष्ट्र घर भएका २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई पक्राउ गरेको हो  । 

    काठमाडौं महनगरीय प्रहरी परिसरले शनिबार जारी गरेको विज्ञप्तिमा सागरका साथबाट ४५ लाख र कृष्णका साथबाट ५० लाख बरामद भएको उल्लेख छ । 

    चितवनबाट काठमाडौं आउँदै गरेको ग १ ख ६६४५ नम्बरको माइक्रोबसमा सवार उनीहरुले उक्त पैसा झोलामा ल्याएका थिए । बरामद पैसाको स्रोत खुलाउन नसकेपछि पक्राउ गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij