Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

स्ववियु निर्वाचनले मण्डले विद्यार्थी संगठनलाई बिदाइ गर्छः  रन्जित तामाङ

स्ववियु निर्वाचनले मण्डले विद्यार्थी संगठनलाई बिदाइ गर्छः  रन्जित तामाङ

  • 981
    SHARES
  • स्ववियु निर्वाचनले मण्डले विद्यार्थी संगठनलाई बिदाइ गर्छः  रन्जित तामाङ

    पोखरा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङले आगामी स्ववियु निर्वाचनले एमाले भातृ संगठन अनेरास्ववियुको बिदाइ गर्ने दाबी गरेका छन् । बिहिबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले यस्तो बताएका हुन् ।

    केपी ओलीको पटक-पटकको प्रतिगमनकारी कदमलाई साथ दिएर एमाले अनेरास्ववियुले विद्यार्थी आन्दोलनमाथि कालो पोतेको, विद्यार्थी आन्दोलनलाई मण्डलेकरण गरेको लगायतका आरोप लगाउँदै तामाङले भने, ‘सांसद् अपहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियुले गम्भीर अपराध गरेको छ । मुलुकभरका शैक्षिक संस्थाहरूमा विद्यार्थीहरू हिसाब गरेर बसिराखेका छन् । आगामी स्ववियु निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियुका निम्ति अन्तिम निर्वाचन हुनेछ ।’

    तामाङले अगाडी भने, ‘मण्डले विद्यार्थी संगठनले आउँदो स्ववियु चुनावमा उम्मेदवारसमेत नपाउने स्थिति बन्नेछ ।’ आगामी निर्वाचनमा गाउँ-गाँउका जनता एमालेलाई धुलो चटाउने दिन कुरे जस्तै लाखौं विद्यार्थीहरू अनेरास्ववियुको बिदाइकको निम्ती स्ववियु चुनावको मिति कुरेर बसेको उनको दाबी थियो ।

    माओवादी केन्द्रका स्थायी समिति सदस्यद्वय हितमान शाक्य र हरि अधिकारी तथा गण्डकी प्रदेश सांसद् दिपक अधिकारी, नेता शैलेन्द्र घिमिरे उपस्थित कार्यक्रमलाई अखिल (क्रान्तिकारी) उपाध्यक्ष विजय गौतम, उपमहासचिव जीपी मैनाली केद्रीय सचिव प्रबिना अधिकारीलगायतले सम्बोधन गरेको गण्डकी केन्द्रीय सचिव तथा प्रदेश संयोजक क्षितिज सापकोटाले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij