एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार घरेलु मैदान ओल्ड ट्राफर्डमा एस्टन भिल्लासँग स्तब्ध बनेको छ ।
म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा भिल्लाका लागि कोर्टने हायुजले निर्णायक गोल गरे।
ओल्ड ट्राफोर्डमा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा एस्टन भिल्लासँग १–० ले स्तब्ध बनेको हो ।
८८औं मिनेटमा कोर्टने हायुजले डगलस लुइजको पासमा गोल गर्दै पाहुना टोलीलाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेसको क्रसलाई हायुजले पेनाल्टी क्षेत्रमा हातले छुन पुगेपछि रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी प्रदान गरे ।
ब्रुनो फर्नान्डेसको पेनाल्टी आकासिएपछि युनाइटेड घरमै १–० ले स्तब्ध बन्न पुग्यो । हारपछि युनाइटेड ६ खेलबाट १३ अंक जोडेर चौथो स्थानमा रहेको छ । एस्टन भिल्ला १० अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij