Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कस्तो मोवाइल सेट रुचाउँछन भारतीय ग्राहक ?

कस्तो मोवाइल सेट रुचाउँछन भारतीय ग्राहक ?

  • 785
    SHARES
  • कस्तो मोवाइल सेट रुचाउँछन भारतीय ग्राहक ?

    नयाँ दिल्ली । आर्थिक विकासमा तीव्रगतिले अघि बढेको भारतका अधिकांंस नागरिकले मध्यम मूल्य पर्ने मोवाइलका स्मार्ट फोन रुचाउने गरेको पाइएको छ ।

    images

    आर्थिक रुपमा बढी भार नपर्ने मोवाइल सेट अधिकांस ग्राहकको रोजाइ हो । उच्चतम प्रविधियुक्त स्मार्ट फोनको माग बढ्नुमा इन्टरनेटको सहज पहुँच पनि एउटा मुख्य कारण देखिएको छ ।

    २५ हजारदेखि बढीमा ४० हजार मूल्य आसपासका मोवाइल भारतीय नागरिकले खरिद गर्ने गरेको अमाजोन इन्डिया मोवाइल सर्भेको रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार ३७ प्रतिशत भारतीयले ४० हजारभन्दा कम मूल्यका मोवाइल किन्ने गरेका छन् । 

    भारतमा सबैभन्दा बढी रुचाइने फोनमा सामसुङ, जियोमी, वानप्लस देखिएको छ । सबैभन्दा बढी २४ प्रतिशतले सामसुङको स्मार्ट फोन मनपराएका छन् । त्यसपछि क्रमशः जियोमी र वानप्लस रुचाउनेको संख्या छ ।

    अधिकांसले मोवाइल सेट किन्दा त्यसको क्यामेरा, ब्याट्रीको क्षमता, साइज, स्क्रिनको क्वालिटी हेर्ने गरेका छन् । सर्भेले ५४ प्रतिशत भारतीयले फाइभ जी फोन किन्न चाहेको खुलेको छ । त्यसैगरी ४६ प्रतिशतले ५ हजारदेखि ६ हजार एमएएच क्षमताको ब्याट्री भएको सेट रुचाउने गरेको पाइएको छ ।

    त्यसैगरी मोवाइल सेट खरिदमा छुट अफर देखेर खरिद गर्ने ग्राहक ३१ प्रतिशत भेटिएको छ । २१ प्रतिशतले एक्सचेन्ज अफरमा खरिद गर्न रुचाउने गरेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology