Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

  • आश्विन ११, २०७८ सोमवार ०८:४४ बजे
  • 398
    SHARES
  • नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

    काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ ।  आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७–२ गोल अन्तरले पराजित भएको हो ।

    पहिलो हाफमा २–१ गोल अन्तरले अग्रता बनाएको बलियो टोली ओमानले दोस्रो हाफमा अग्रता बढाएको थियो ।

    ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले २ गोल गरे । फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले १र१ गोल गरे ।

    नेपालका लागि आयुस घलान र अनन्त तामाङले १–१ गोल फर्काए । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । 

    मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए । नेपाली टिम आज माल्दिभ्स प्रस्थान गर्दैछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij