Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

तीन दिन मनाइने जितिया पर्व सुरु, ३६ घन्टासम्म निराहार ब्रत

तीन दिन मनाइने जितिया पर्व सुरु, ३६ घन्टासम्म निराहार ब्रत

  • आश्विन ११, २०७८ सोमवार १०:१५ बजे
  • 576
    SHARES
  • तीन दिन मनाइने जितिया पर्व सुरु, ३६ घन्टासम्म निराहार ब्रत

    सप्तरी । तराई–मधेसका महिलाले लिने कठोर ब्रत जितिया आज सोमबारबाट सुरु भएको छ। सन्तान प्राप्ति, दीर्घायु र परिवारको सुख–शान्तिका लागि भन्दै जितिया पर्वमा ३६ घन्टा निराहार ब्रत बस्ने प्रचलन छ ।

    आश्विन कृष्ण पक्षको सप्तमी तिथिका दिन यो ब्रत बस्ने गरिन्छ । सप्तमी तिथिदेखि अष्टमी सुरु नभएसम्म निराहार ब्रत गर्ने गरिन्छ । 

    राजविराज नगरपालिका–७ कि सविता कर्ण बिहानै उठिन्। घर लिपपोत पारिन् ।  पिना, तेल घिरौलाको पात, जियलको पात ठिक्क पारिन् । नयाँ लुगा बोकेर समूहमा पोखरी तिर लागिन् । उनीहरूले साबुन प्रयोग नगरी पिनाले नुहाए । नयाँ लुगा लगाए ।

    बिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको संकल्प गरिन् ।

    ब्रतालुले दिवंगत सासु, जेठानी, नन्द आमा , फुपूसासु तथा तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ। यस ब्रतलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरेको स्थानीय पण्डित शम्भु मिश्र बताउँछन् ।

    राजविराज नगरपालिका–७ कि मूर्ति दासले भनिन्, ‘ब्रतालुले कठिन परिस्थितिको सामना गरेर ब्रत बस्ने गरेका छन्।’ ब्रत सुरु गरिसकेपछि तोड्न हुँदैन भन्ने मान्यता रहेकाले कतिपय बिरामी महिलालाई समस्या हुने गरेको राजविराज–७ कि उर्मिला देवले बताइन् ।

  • सम्बन्धित विषय:

  • # जितिया पर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij