काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सरकारले दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएको आक्रोश व्यक्त गरेका छन्।
उनले अध्यादेश ल्याइनु र फिर्ता लिनु भ्रष्ट, निर्लज्ज राजनीतिको नमुना भएको बताएका छन्। उनले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई यही हो अग्रगमन? भनी प्रश्न समेत गरेका छन्।
‘भ्रष्ट, निर्लज्ज राजनीतिको नमुना । परमादेशबाट प्रम नियुक्ति,त्यस्तो प्रमलाई विश्वासको मतदिँदा पद नजाने आदेश,त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश,दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता। यहि हो अग्रगमन,संविधानको रक्षा @brb1954 ?,’ उनले ट्वीट गर्दै भनेका छन्।
भ्रष्ट/निर्लज्ज राजनीतिको नमुना। परमादेशबाट प्रम नियुक्ति,त्यस्तो प्रमलाई विश्वासको मतदिँदा पद नजाने आदेश,त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश,दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता।
— Kamal Thapa (@KTnepal) September 28, 2021
यहि हो अग्रगमन,संविधानको रक्षा @brb1954 ? https://t.co/TMHzpZglia
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij