Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भीम रावल कार्यदलको संयोजक बन्दा टुंगो लागेन सुदूरपश्चिम इन्चार्ज

भीम रावल कार्यदलको संयोजक बन्दा टुंगो लागेन सुदूरपश्चिम इन्चार्ज

  • 581
    SHARES
  • भीम रावल कार्यदलको संयोजक बन्दा टुंगो लागेन सुदूरपश्चिम इन्चार्ज

    काठमाडौं । नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको बैठकले दश बुँदे सहमति कार्यान्वयन र विधान महाधिवेशनको प्रतिनिधित्वसम्बन्धी समस्या समाधान गर्ने निष्कर्ष निकालेको छ । बैठकपछि कार्यदलका संयोजक भीम रावलले उपयुक्त विधि र संरचनागत समाधानका लागि विभिन्न उपायबाट अघि बढ्ने सहमति भएको बताए ।

    '१० बुँदे सहमतिको कार्यान्वयन, १५ असोजदेखि आरम्भ हुने विधान महाधिवेशनमा प्रतिनिधित्वको विवाद, समस्या समाधानबारे हामीले छलफल गर्‍यौं,' उनले भने, 'त्यसको लागि उपयुक्त विधि र एउटा संरचनागत समाधानका विभिन्न उपायमा छलफल गर्‍यौं । समस्याको समाधान ति उपायहरूबाटै गर्छौं ।'

    १० बुँदे कार्यान्वयन र विधान महाधिवेशनको प्रतिनिधित्वका लागि देखिएका समस्याहरू समाधान गर्न एउटा नीतिगत व्यवस्था गरेर अघि बढ्ने बैठकको निष्कर्ष छ । १० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको र जुन ठाउँमा भएको छैन त्यसलाई पनि छिटो कार्यान्वयन गर्दै लैजाने रावलको भनाइ थियो । सुदूरपश्चिम इन्चार्जको विषय पनि १० बुँदे कार्यान्वयनकै सन्दर्भमा आउने रावलले बताए ।

    उनका अनुसार सुदूरपश्चिमको इन्चार्जको टुंगो अझै लागेको छैन । इन्चार्जमा लेखराज भट्टले दाबी गरेका छन् । १० बुँदे सहमतिअनुसार आफू नै प्रदेश इन्चार्ज भएको रावलको दाबी रहँदै आएको छ ।आफैँ विवाद मिलाउने कार्यदलको संयोजक हुँदा पनि पहिलो बैठकबाट संयोजक रावलले सुपको विवाद टुंगो भने लाउन सकेनन् । यद्यपि रावलले बाँकी रहेको ठाउँमा १० बुँदे छिट्टै कार्यान्वयन हुने दाबी गरेका छन् ।   

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij