Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

धनकुटामा मिनी म्याराथन !

धनकुटामा मिनी म्याराथन !

  • 513
    SHARES
  • धनकुटामा मिनी म्याराथन !

    धनकुटा । धनकुटामा बुधबार मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । विश्व मुटु दिवसको अवसरमा धनकुटामा मिनी म्याराथन प्रतियोगिता सम्मपन्न भएको हो । पूर्व प्रहरी संस्थाको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ३० जना र महिलातर्फ ६ जना धावक सहभागी भएका थिए । 

    धनकुटाको बसपार्कबाट शुरु भएको प्रतियोगिता मदनचोक, चुवाबोट, परिचयमोड, भीमनारायण चोक, माथिल्लो कोप्चे, विहीबारे हटिया, तल्लो कोप्चे, यलम्बर चोक, कोसी ग्यास हुँदै मदन चोकमा आएर समापन भएको थियो ।  

    प्रतियोगितामा पुरुषतर्फ रोशन तामाङ प्रथम, सविन राई दोस्रो र शुशील लिम्बू तेस्रो भएका छन् उनीहले क्रमशः पाँच हजार, चार हजार र तीन हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै महिलातर्फ रेनुका पाख्रिन तामाङ प्रथम, मन्दिरा तामाङ दोस्रो र एलिना लिम्बू तेस्रो भएका छन् । उनीहरूले क्रमशः नगद चार हजार, तीन हजार र दुई हजार प्राप्त गरेका छन् । 

    म्याराथन दौड प्रतियोगिताको विजयीहरूलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डिआइजी दिनेश अमात्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij