Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन

कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन

  • 515
    SHARES
  • कांग्रेस अधिवेशन : अर्घाखाँचीका पाँच पालिकामध्ये तीनमा सर्वसम्मत, दुईमा निर्वाचन

    अर्घाखाँची । नेपाली कांग्रेसको पालिका अधिवेशन अन्तर्गत अर्घाखाँचीका पाँच स्थानीय तहमध्ये तीनमा सर्वसम्मत र दुईमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको छ । मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा सर्वसमत नेतृत्व चयन गरिएको छ भने शितगंगा नगरपालिका र सन्धिखर्क नगरपालिकामा भने निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो । 

    मालारानी गाउँपालिकाको सभापतिमा शोभाखर खनाल, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र पाणिनी गउँपालिकामा तुल्सी पौडेल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् । शितगंगा नगरपालिकामा भने निर्वाचनमार्फत सभापतिमा मोहन पन्थी निर्वाचित भएका छन् । 

    सन्धिखर्क नगरपालिकामा पनि मतदानमार्फत नेतृत्व चयन गरिएको हो । नगर सभापतिमा लिलाधर बस्याललाई ३२ मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij