Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कोरोना ग्राफः २४ घण्टामा थपिए ११ सय ५७ जना संक्रमित

कोरोना ग्राफः २४ घण्टामा थपिए ११ सय ५७ जना संक्रमित

  • 519
    SHARES
  • कोरोना ग्राफः २४ घण्टामा थपिए  ११ सय ५७  जना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ६५२ पीसीआर र ३ हजार ८८९ एन्टीजेन परीक्षण गरि जम्मा १४ हजार ५४१ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ८९२ जनामा पीसीआर र २६५ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयकाअनुसार यस अवधिमा ११ सय १३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १६ सय ८७८ होम आइसोलेसनमा र १३ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५४ जना आइसियूमा र ९९ जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij