काठमाडौं । साविक विजेता चेल्सी युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्ससँग पराजित भएको छ। युभेन्टसको जितमा फेडरिको चिइसाले निर्णायक गोल गरे।
घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि चेल्सी फिनिसिङमा चुक्दा समूह चरणमा पहिलो हार बेहोर्न पुग्यो । दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए । चिइसाको गोल नै निर्णायक भएपछि युभेन्टस विजयी बन्यो।
यो जितपछि युभेन्ट्स समूह ‘एच’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यही समूहको अर्को खेलमा जेनिथ सेन्ट पिटसवर्गले १० खेलाडीमा समेटिएको माल्मोमाथि ४–० को फराकिलो जित निकालेको छ । यो जितपछि जेनिथले दुई खेलबाट ३ अंक जोडेको छ । माल्मो अंकविहीन हुदै पुछारमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij