Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

झलनाथ-माधव कार्यकर्ता भेलामा महंगा गाडीको लस्कर

झलनाथ-माधव कार्यकर्ता भेलामा महंगा गाडीको लस्कर

  • चैत्र ४, २०७७ बुधवार १८:२३ बजे
  • 3.7K
    SHARES
  • झलनाथ-माधव कार्यकर्ता भेलामा महंगा गाडीको लस्कर

    काठमाडौं । नेकपा एमालेको झलनाथ-माधव पक्षीय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै माधव नेपालले स्टालिन, लेनिन र कार्लमार्क्स र माआत्सेतुङको सिद्धान्तअनुसार कम्युनिस्ट पार्टी चल्नुपर्ने उद्घोष गरे ।

    images

    नेपालले नाम लिएका स्टालिन, लेनिन र कार्लमार्क्स र माआत्सेतुङले ‘सर्वहारा वर्ग’को उत्थानका लागि शासकहरूसँग लड्ने सिद्धान्तका कुरा गरेका छन् । तर हाम्रा नेताहरूले भने सर्वहारा वर्गको नाममा वर्षैंदेखि राज्यस्रोतमा हालीमुहाली गर्दै आएका छन् । 

    ललितपुरको सानेपास्थित हेरिटेज पार्क बैंक्वेटमा आयोजना गरेको ‘राष्ट्रिय कार्यकर्ता भेला’को दृष्यले सहभागीहरु सर्वहारा वर्गका जस्ता देखिँदैन थिए । 

    लाउने, खाने र हिँडडुल गर्न पाउने मानिसको मौलिक हक हो । नेपालको संविधानले पनि यी व्यवस्थाको ग्यारेन्टी गरेको छ । तर जनताको प्रतिनिधित्व गर्दै देश विकासको जिम्मेवारी बोकेका नेताको जीवनशैली भने आमजनताको चासो र सरोकारको विषय बन्छ ।

    के हाम्रा कम्युनिस्ट नेताहरू उनीहरूले भनेजस्तै वास्तवमै सर्वहारा वर्गकै प्रतिनिधित्व गरिरहेका छन् त ?

    सरकारी नम्बरप्लेट भएक सवारी साधन र महंगा निजी कारको लस्करले उक्त बैंक्वेटमा कम्युनिस्ट पार्टीको भेला नभइ ठूलाठालुको विवाह वा जन्मोत्सवको जस्तो माहोल देखिन्थ्यो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology