Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

उपमहासचिव पद नराख्ने एमाले विधानमा प्रस्ताव

उपमहासचिव पद नराख्ने एमाले विधानमा प्रस्ताव

  • 489
    SHARES
  • उपमहासचिव पद नराख्ने एमाले विधानमा प्रस्ताव

    काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय संगठनमा उपमहासचिव पद खारेज गरेज गरेको छ । यो प्रस्तावसँगै एमालेमा अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहने भएका छन् ।

    ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ५ जना रहने व्यवस्था छ । यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा तीन उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । यद्यपि यसलाई ७ जना बनाएर उनीहरूलाई प्रदेश इञ्चार्जको समेत जिम्मेवारी दिनुपर्ने नेताहरूको जोड थियो ।

    यस्तै सचिवको संख्या ७ वटा घटाएर ६ मा झारिएको छ ।  ‘अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ र सदस्य २१२ समेत कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने,’ नयाँ प्रस्तावमा भनिएको छ ।

    साथै प्रदेश कमिटीका अध्यक्षहरूलाई केन्द्रीय कमिटीको पदेन सदस्य रहने समेत विधान संशोधन प्रस्तावमा उल्लेख छ । यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो । एमालेमा अहिले उपमहासचिव पद नै खारेज भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij