Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रयोगशाला

प्रयोगशाला

  • 722
    SHARES
  • प्रयोगशाला

    निर्माण  वैज्ञानिकले   गरे  न
    न सक्दथ्ये यो विधिले बनाउन
    प्रयोगशाला  छ  अचम्मको यो
    विवेक   हुर्काउँछ   प्रेमले   यो ।

    images

    हुँदैन  थर्कावट नै  पनि कति !
    वातानुकूलित पनि छ यो अति
    न  यन्त्र पूर्जाहरू खोल फिट
    प्रयोगशाला छ  विचित्रको  घर ।

    छ   चार  नै  अक्षरको  पवित्र
    विवेक    जन्माउँछ भित्र भित्र
    भौतिक आध्यात्मिकले चिनिन्न
    ढुङ्गा   ईटाले  पनि  यो  बनिन्न

    अकुत    पैसाहरूले    किनेन
    शिपालु    कालिगढले   भएन
    कस्तो  विधिको छ प्रयोगशाला
    सोचाइ  मै  भव्यछ   तालमाल

    आगो न पानी बिजुली फलाम
    हिउँद गर्मी  न  झरी  छ  काम
    न  जोडनु नै  पर्दछ  घुर्र   मोटर
    कृपा  भए बन्दछ दिव्य आलय ।

    निर्माण  यो  मानवलाई   गर्छ
    संसारमै    सिर्जनशील   भर्छ
    सानो  छ आकार विशाल चित्र
    यो भ्रुण बस्ने घर  हो  विचित्र  !

    बनिन्छ  पाठेघरका  काहानी
    प्रयोगशालाहरू    नै   नजानी
    विराट  यी   चेतनका    विहान
    हुर्काउने  अद्भुत   यो   मुहान ।

    हेपिन्छ  एउटा  रूपचित्रलाई 
    आमा  दिदी वैनी प्रिया बनाई 
    रक्षागरे   यी   सबका   मुहान 
    बन्दैन  मान्छे  सबको  चिहान !

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology