Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संखुवासभा कांग्रेस सभापतिमा पूर्व राज्यमन्त्री खड्का निर्वाचित 

संखुवासभा कांग्रेस सभापतिमा पूर्व राज्यमन्त्री खड्का निर्वाचित 

  • आश्विन १८, २०७८ सोमवार ०९:२५ बजे
  • 530
    SHARES
  • संखुवासभा कांग्रेस सभापतिमा पूर्व राज्यमन्त्री खड्का निर्वाचित 

    काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको सभापतिमा पूर्वराज्यमन्त्री दीपक खड्का विजयी भएका छन्। संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्का अत्याधिक मतका साथ विजयी भएका छन्। 

    संखुवासभा जिल्ला अधिवेशनमा कूल १ हजार ३ सय ५२ मत खसेकोको थियो। जसमध्ये खड्काले १ हजार १ सय ९८ मत ल्याएका छन्। खड्काका प्रतिस्पर्धी राईबहादुर राईले जम्मा ११० मत प्राप्त गरे। 

    उपसभापतिमा रामकुमार जिमी (९१६), अनन्त गौली (६७०), सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij