Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

इसीडी शिक्षकले तलब पाएनौं भनेर मुद्दा हाले हुन्छ: उद्धवप्रसाद खरेल, मेयर बूढानिलकण्ठ नगरपालिका [अन्तर्वार्ता]

इसीडी शिक्षकले तलब पाएनौं भनेर मुद्दा हाले हुन्छ: उद्धवप्रसाद खरेल, मेयर बूढानिलकण्ठ नगरपालिका [अन्तर्वार्ता]

  • 3.9K
    SHARES
  • इसीडी शिक्षकले तलब पाएनौं भनेर मुद्दा हाले हुन्छ: उद्धवप्रसाद खरेल, मेयर बूढानिलकण्ठ नगरपालिका [अन्तर्वार्ता]

    संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको तलब ८ हजार रूपैयाँ दिने निर्णय गर्‍याे । ७ हजार स्थानीय सरकारले थप गरी मासिक १५ हजार रूपैयाँ तलब शिक्षक र कर्मचारीलाई दिन निर्देशन दियो । तर,अधिकांश पालिकाले संघीय सरकारको निर्णय मानेनन् र ८ हजार मात्रै तलब दिए । न्युनतम १५ हजार रूपैयाँ तलब नपाएपछि यतिखेर धैर ठाउँमा शिक्षक र विद्यालय कर्मचारी पालिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् । दिनहुँ आन्दोलन, धर्ना र तालाबन्दीसमेत भइरहेको छ । पालिका प्रमुखलाई ध्यानाकर्षणपत्र पनि बुझाएका छन् । संघीय राजधानीकै बूढानिलकण्ठ नगरपालिकाले पनि इसीडी शिक्षकलाई तलब दिएको छैन । पालिका प्रमुख उद्धवप्रसाद खरेलसँग तलबका विषयमा गरिएको संक्षिप्त कुराकानी:

    images

    तपाईंको नगरपालिकामा इसीडी शिक्षकलाई सरकारले तोकेबमोजित तलब नदिएको गुनासो छ नि !

    सरकारले दिएको बजेटअनुसार तलब दिएका छौं । सरकारले १५ हजार पुर्‍याउन भने पनि त्यो चाहिँ हामीले दिएका छैनौं । पैसा भयो भने दिने त हो नि !

    कहिलेसम्म दिन सक्नुहुन्छ ?

    हामीसँग पैसा धेरै छैन । पैसाको व्यवस्था भएपछि दिन्छौं । सरकारबाट पनि अपेक्षा गरेका छौं । बजेट निकासा भएकाे छैन ।  

    पैसाको व्यवस्था कहिले हुन्छ ?

    सरकारले दिनुपर्‍यो । तलब बढाउन पैसा चाहिन्छ । पैसा नभइ त्यसै बढाउन सकिंदैन । सरकारले बढ्यो भनेपछि बढेअनुसारको बजेट पठाउनुपर्‍यो नि ! 

    धेरै स्थानीय तहले सरकारले भनेबमोजिम तलब  दिएका छन् । तपाईंहरूले किन दिन सक्नुभएन ?

    हामीले पैसा नभएर नदिएका हौं । पैसा भएपछि दिन्छौं । तलब नदिए मुद्दामा पनि जान पाइन्छ नि ! सरकारले तोकेको तलब दिएन भनेर मुद्दा गर्न मिलिहाल्छ ।

    इसीडी शिक्षक तोकिएको तलब नपाएको भन्दै आन्दोलित भइरहेका छन् । जनप्रतिनिधिको हैसियतले तपाईंले यो माग सम्बाेधन गर्नुपर्ने होइन ?

    गर्नुपर्छ भन्ने पनि थाहा छ । हामी विधि, नीतिअनुसार दिन तयार छौं । दायाँबायाँ कुरा गरेर हुन्न । तलब दिएन भनेर भण्डाफोर गरे हुन्छ । त्यसले केही फरक पदैन ।

    शिक्षकले तोकिएको तलब नै नपाएपछि शिक्षाको गुणस्तरण खस्किदैन ?

    मलाई सबैकुरा थाहा छ । हामी छलफल नै गर्दैछौं । तर,सरकारले बजेटमा भन्दैमा हुने कुरा होइन । सरकार आफैंले दिएको भए हुनेमा स्थानीय तहको टाउकोमा भिराइदिएको छ ।

    इसीडी शिक्षकले तोकिएको तलब कहिले पाउँछन ?

    हामी छलफल गर्दैछौं । सबैले दिने तर हामीले नदिने भन्ने होइन । तलब नदिएर उहाँहरूको पैसा अन्त लगाउने भनेको पनि होइन । उहाँहरूलाई सरकारले नै कम दिएको छ । हामीले त्यसमा ५ हजार थपेर १३ हजार पहिल्यै दिएका थियौं । 

    अहिले त कम्तिमा १५ हजार तलब हुनु पर्ने होइन ? 

    हामी पनि तलब १५ हजार बनाउँछौं । तर,हतार गर्नु भएन । शिक्षकहरूलाई पर्खनुहोस् भनेका छौं । सरकारले नयाँ बजेटको चुरीफुरी देखाएको छ । केही आउला । यदि सरकारबाट आएन भने हामी बढाउँछौं । केही समय पर्खेका मात्रै हौं । ढिलो-छिटो निर्णय गर्छौं ।

    इसीडी शिक्षकले राजधानीमै पाउँदैनन् सरकारले तोकेको तलब  इसीडी शिक्षकले राजधानीमै पाउँदैनन् सरकारले तोकेको तलब   

    इच्छाशक्ति भए इसीडी शिक्षकलाई तलब थप गर्न सकिन्छ: महेन्द्र महतो, गाउँपालिका अध्यक्ष [अन्तर्वार्ता]  इच्छाशक्ति भए इसीडी शिक्षकलाई तलब थप गर्न सकिन्छ: महेन्द्र महतो, गाउँपालिका अध्यक्ष [अन्तर्वार्ता]   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology