वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ८७४ नमुना परीक्षण गर्दा १ हजार ३० जनामा कोरोेना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५ हजार ८९३ पीसीआर गर्दा ८१२ र ४ हजार ९८१ एन्टीजेन परीक्षण गर्दा २१८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा १ हजार जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १० जनाको निधन भएको छ । त्यसैगरी, १ लाख २० हजार ५४८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ । जसमध्ये १५ हजार ५३४ जना होम आइसोलेसनमा र ११ सय ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५१ जना आइसियूमा र ११८ जना भेन्टिलेटरमा उपचारत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij