Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमाले संसदीय दलको बैठक: कोही उपस्थित, कोही बाटैबाट फर्किए

एमाले संसदीय दलको बैठक: कोही उपस्थित, कोही बाटैबाट फर्किए

  • चैत्र ५, २०७७ बिहिवार १३:१५ बजे
  • 795
    SHARES
  • एमाले संसदीय दलको बैठक: कोही उपस्थित, कोही बाटैबाट फर्किए

    काठमाडौं- संसदीय दलको बैठकमा उपस्थित हुने विषयमा विवाद बढेपछि नेकपा एमाले माधव नेपाल पक्षका सांसदहरू केही बालुवाटार पुगेका छन् भने कोही बाटैबाट फर्किएका छन् ।

    प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा शीर्ष नेताबाहेकका सांसदहरू सहभागी हुने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले निर्णय गरेको थियो ।

    निर्णयपछि बालुवाटार हिंडेका सांसदलाई फोन गरेर बाटोबाटै फर्काइएको हो ।

    माधव पक्षका सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा भने बालुवाटार पुगेर माइन्यूटमा हस्ताक्षर गरेर फर्किएको खनाल-नेपाल पक्षका एक नेताले बताए ।

    EwvsCCaUUAEM9Pb.jpg

    EwvsBhgUcAAcXlu.jpg

    तस्बिर सूर्य थापाको ट्वीटर ह्यान्डलबाट 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij