काठमाडौं । नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले गुटगत भेला गरेको निष्कर्ष निकालेको छ ।
बैठकले पार्टीमा गुटगत भेला गर्ने नेताहरूलाई स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।
बैठकले आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रम सहभागी हुन सांसदहरूलाई आह्वान गरेको हो । दलका नेता केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले अन्यथा विधान अनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने पनि बताएको छ ।
खनाल-नेपाल पक्षका केही सांसद बैठकमा सहभागी भए पनि अरु बालुवाटार नै नपुगी फर्किएका थिए । सो पक्षका सांसदहरुले अबदेखि बैठकमा भाग लिने बताएका छन् ।
बैठकले खनाल-नेपालसहित सबै नेता, कार्यकर्ता आत्मालोचनासहित एमालेमा फर्किन आग्रह पनि गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij