Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

निरन्तरको आन्दोलनपछि विद्यालय कर्मचारीको तलब २० हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो

निरन्तरको आन्दोलनपछि विद्यालय कर्मचारीको तलब २० हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो

  • 11.1K
    SHARES
  • निरन्तरको आन्दोलनपछि विद्यालय कर्मचारीको तलब २० हजार पाँच सय पुर्‍याइयो, इसीडी शिक्षकको पनि बढ्यो

    काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाले शिक्षक दिवसका अवसरमा प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालयका कर्मचारी तलब वृद्धि गरेको छ ।

    images

    नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले उनीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार इसीडी शिक्षकलाई १५ हजार ५००, कार्यालय सहयोगीलाई १५ हजार र विद्यालयका कर्मचारीलाई २० हजार ५०० रूपैयाँ मासिक तलब तोकिएको हो ।

    नगरप्रमुख रामचन्द्र जोशीले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक भएर निर्णय गरेको बताए । संघीय सरकारले बजेटमा तलब बढाउने घोषणामात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैंले गर्नुपर्दा केही दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीको भनाइ छ ।

    संघीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले तलब सुविधा नबढाएको भन्दै शिक्षक र कर्मचारी आन्दोलित भएका थिए । तलब वृद्धि गर्दा नगरपालिकालाई वार्षिक एक करोड ५० लाख दायित्व बढ्ने भएको छ । नगरपालिकाभित्रका विद्यालयमा ७० जना इसीडी शिक्षक, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगी छन् । फाइल तस्बिर । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology