Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सधैं अध्यक्षकै तजबिजीमा मन्त्री

सधैं अध्यक्षकै तजबिजीमा मन्त्री

  • 669
    SHARES
  • सधैं अध्यक्षकै तजबिजीमा मन्त्री

    काठमाडौं । राजनीतिक दलहरू छलफलबाट मन्त्री चयन गर्न सफल हुँदै आएका छन् । केन्द्रीय कमिटी, स्थायी र पदाधिकारी वा सचिवालयमा मन्त्री चयनका लागि छलफल हुने गरे पनि अन्ततः नेतृत्वलाई जिम्मा दिने गरेको छ ।

    पछिल्लो पटक जनता समाजवादी पार्टी नेपालले पनि सोही निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहेको जसपाले पार्टीबाट मन्त्री बन्ने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा नेतृत्वलाई दिएको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले वर्तमान सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।

    प्रायःसबै पार्टीभित्र मन्त्री छान्ने जिम्मा अध्यक्ष वा सभापतिलाई दिने गरिएको छ । जसपाले तीन जनालाई जिम्मा दिएको भए पनि अन्य दलहरूले अध्यक्ष वा सभापतिलाई दिँदै आएका छन् ।

    कांग्रेसले सभापति शेरबहादुर देउवालाई, एमालेले अध्यक्ष केपी ओलीलाई, माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई र नेकपा एकीकृत समाजवादीले माधव नेपाललाई मन्त्री बन्ने नेताहरूको नाम टुंगो लगाउने जिम्मा दिने गरेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij