Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

फार्मभित्र छिरेर चितुवाले बाख्रा मार्‍यो

फार्मभित्र छिरेर चितुवाले बाख्रा मार्‍यो

  • 516
    SHARES
  • फार्मभित्र छिरेर चितुवाले बाख्रा मार्‍यो

    कञ्चनपुर । दकोट नगरपालिका-९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ बाख्रा चितुवाले आक्रण गरी मारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रूपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए ।

    ‘बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले छवटा बाख्रा मारिसकेको थियो’, उनले भने, ‘चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।’ मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । ६ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आएका छन् ।  

    फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो । चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij