Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

हुम्लावासी फोन गर्न अग्लो डाँडा उक्लिनुपर्ने

हुम्लावासी फोन गर्न अग्लो डाँडा उक्लिनुपर्ने

  • 101
    SHARES
  • हुम्लावासी फोन गर्न अग्लो डाँडा उक्लिनुपर्ने

    हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा नेपाल टेलिकमको सेवामा खराबी आएको छ । लामो समयदेखि टारवमा खराबी देखिएपछि स्थानीय समस्यामा परेका छन् । अदानचुलीमा रहेको टावरले दैनकी १० घण्टा काम गर्न छाडेपछि सेवाग्राहीहरू डाँडाकाँडा धाउन बाध्य भएका छन् ।

    नेपाल टेलिकमले राखेका दुईवटा र गाउँपालिकाको सिमाना जोडिएको मुगुको सोरुमा राखिएको टावरले काम गर्न छाडेपछि सेवाग्राहीले डाँडाकाँडा धाउन बाध्य भएका हुन् । केही महिनायता तीनवटै टावरले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म काम गर्न छाडेपछि दिउँसो अग्ला डाँडा र रुख चढ्न बाध्य भएको अदानचुली-२ का सुमन बुढाले गुनासो पोखे ।

    अघिल्लो वर्ष पनि यस्तै समस्या आउँदा दुई महिना लगाएर सबै टावरहरू मर्मत गरिएको थियो । तर, यसवर्ष भने टेलिकमले कुनै ध्यान नदिएको अदानचुली-२ को ढोगर्नामा राखिएको टावरका सुरक्षामा खटिएका चौकीदार नरबहादुर बोगटीले बताए । हरेक वर्ष टावर बनाउन मर्मत टोली आउने गरे पनि समस्या समाधान हुन नसकेको उनले बताए ।

    टावरबाट फोर जि सेवा विस्तार गर्न लागेकोले नेटवर्कमा समस्या देखिएको नेपाल टेलकिमले जनाएको छ । यस क्षेत्रमा नेटवर्कसम्बन्धी समस्या देखिएको चार वर्ष पुगेको छ । तल्लो भेगका स्थानीयले घण्टौँ हिँडेर अग्लो डाडाँबाट फोन सम्पर्कमा जोडिने गरेका छन् ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology