Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कोभिड : ‘रातो सूची’बाट नेपाललाई हटायो बेलायतले

कोभिड : ‘रातो सूची’बाट नेपाललाई हटायो बेलायतले

  • आश्विन २२, २०७८ शुक्रवार १०:११ बजे
  • 512
    SHARES
  • कोभिड : ‘रातो सूची’बाट नेपाललाई हटायो बेलायतले

    काठमाडौं ।  बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेको थियो । 

    नेपालमा कोरोना संक्रमण घटनुका साथै खोपको उपलब्धता बढ्न थालेपछि बेलायत सरकारले आगामीसोमबारबाट लागू हुने गरी रातो सूचीबाट हटाएको हो । 

    अब बेलायत जाने विद्यार्थी तथा अन्य यात्रुले क्वारेन्टाइनका नाममा ठूलो धनराशी खर्चनु पर्दैन । नेपालका लागि ब्रिटिश राजदूतले पनि नेपाल रातोसूचीबाट हटेको जानकारी सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

    अब पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हेइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश मात्र रातो सूचीमा छन् । 
     

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # बेलायत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij