Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं महानगरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड खोप

काठमाडौं महानगरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड खोप

  • आश्विन २२, २०७८ शुक्रवार १०:१७ बजे
  • 427
    SHARES
  • काठमाडौं महानगरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड खोप

    काठमाडौं । काठमाडौं महानगरपालिकामा आज शुक्रबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुँदैछ । दसैं लक्षित खोप अभियानमा १८ वर्षमथिका सबै नागरिकलाई खोप लगाइने महानगरले जानकारी दिएको छ । त्यसका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालनमा छन् । भेरोसेलको पहिलो मात्रा लगाइन लागिएको हो ।

    अभियान २४ असोजसम्म सञ्चालन हुने महानगर, जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले बताए । महानगरका ३२ खोप केन्द्रसँगै नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउन सकिनेछ । खोप बिहान १० देखि अपहराह्न ४ बजेसम्म लगाउन पाइनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij