Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

फाइजर खोप लगाउनेको एन्टीबडी दुई महिनापछि घटेको दुई फरक अध्ययनको निस्कर्ष

फाइजर खोप लगाउनेको एन्टीबडी दुई महिनापछि घटेको दुई फरक अध्ययनको निस्कर्ष

  • 76
    SHARES
  • फाइजर खोप लगाउनेको एन्टीबडी दुई महिनापछि घटेको दुई फरक अध्ययनको निस्कर्ष

    दोहा । फाइजर खोप लगाएपछि शरीरमा विकसित हुने एन्टीबडी तह दुई महिनापछि बिस्तारै घट्दै जाने दुई फरक अध्ययनले देखाएका छन् ।  इजरायल र कतारले गरेका दुई अलग अलग अध्ययनले पूर्ण खोप लगाएका व्यक्ति संक्रमणबिरुद्ध निरन्तर साबधानी अप्नाउनुपर्ने उल्लेख छ । 

    इजरायलमा गरिएको अध्ययनमा पूर्ण खोप लगाएका व्यक्तिको एन्टीबडी तह घटेको देखिएको थियो । त्यस्तै, कतारमा गरिएको अर्को एक अध्ययनमा फाइजरको पूर्ण खोप लगाएका व्यक्तिमा दुई महिनापछि एन्टीबडी घटेको पाइएको थियो । 

    पहिलो डोज लगाउँदा बढेको एन्टीबडी दोस्रो डोज लगाउँदा उच्च विन्दुमा पुगेको र त्यसपछि घटेको अध्ययनको निस्कर्ष छ । अध्यययन वेलायतको जर्नल अफ मेडिसिनमा प्रकाशित छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology