Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

आमा

आमा

  • 970
    SHARES
  • आमा

    आमाको ममतालाई बुझ्न सक्ने छ को यहाँ ? 
    घैटोले मृत्तिकालाई बुझ्न सक्छ कथम् यहाँ ? 

    images

    आमा हुन् सृष्टिकी देवी नमस्कार छ पाउँमा ।
    आमा हाँसे सबै हाँस्छन् त्यो मेरो प्रिय गाउँमा ।। 

    आमाको सामुमा सप्पै महत्त्वहीन बन्दछ । 
    सूर्यको छेउमा दीप कसरी बल्न सक्दछ ?  

    आमा हुन् शिक्षिका हाम्रो पढाउँछिन् सिकाउँछिन् । 
    आफू सहेर कष्टादि हामीलाई हसाउँछिन् ।।  

    खोज्दछौं देवता हामी मस्जिद्, मन्दिर चर्च्–तिर  ।
    आमा हो देवता हाम्रो के जानु खोज्न बाहिर ।।  

    निर्गुण र निराकार चाहिन्न देवता बरु ।
    दर्शन प्राप्त होस् नित्य हुन् सबै बकवास् अरू ।।  

    वृद्धाश्रम लगी छोड्छन् आमालाई कठै यहाँ । 
    यस्ता पापी पनि हुन्छन् के लेखूँ कविता यहाँ ?  

    आमालाई खुसी पारौं सेवा गरौं सधैंभरि । 
    आमा खुसी भए मिल्छ आनन्द जिन्दगीभरि ।। 

    हुन् सबै वस्तु मिथ्या नै आमाबाहेक सृष्टिमा ।
    आमा मात्रै परं सत्य हो मेरो सूक्ष्मदृष्टिमा ।।

  • सम्बन्धित विषय:

  • # आमा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology