देखिन्न बाहिर कतै घडीको स्वरूप
गर्दैन टिक् टिक पनि नकुनै छ रूप
यो दिव्य मानस कुरा मनमा पलाई
संकेत गर्छ मनको घडीले मलाई !
१।
लागेछ भोक जलपान छिटै गराउ
जाडो भएछ कपडाहरू ल्याई लाउ
भन्दै अह्राउँछ सधैं यसले मलाई
संकेत गर्छ मनको घडीले मलाई !
२।
राम्रा कुराहरू तिमी मनमा सजाउ
यी चिजवस्तुहरूबाट नयाँ बनाउ
भो भो निदाउन हुँदैन भनी जगाई
संकेत गर्छ मनको घडीले मलाई !
३।
यी ज्ञान चक्षुहरूले अव दिव्य हेर
खुट्टिन्छ सत्य मनले अव सोचीहेर
भन्दै हिलाउँछ सधैं यसले मलाई
संकेत गर्छ मनको घडीले मलाई !
४ ।
भौतिकताहरू सबै मनले बनेका
हुँदैन तृप्ति कहिल्यै यिनीछन् अनेक
सन्तोसबाट चल भन्छ सधैं मलाई
संकेत गर्छ मनको घडीले मलाई ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology