Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

यस्ता छन् आजका मन्त्रिपरिषद्का बैठकका निर्णय

यस्ता छन् आजका मन्त्रिपरिषद्का बैठकका निर्णय

  • आश्विन २२, २०७८ शुक्रवार २१:५३ बजे
  • 626
    SHARES
  • यस्ता छन् आजका मन्त्रिपरिषद्का बैठकका निर्णय

    काठमाडौं । सरकारको प्रवक्तामा संचार तथा सूचना प्रविधिमन्त्री प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्त गरिएको छ ।

    आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कार्की सरकारकै प्रवक्ता रहेका थिए । आजदेखि उनलाई संचार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    अबदेखि मन्त्रिपरिषद्का निर्णय व्यवस्थित रूपमा संचार मन्त्रालयमा सार्वजनिक गरिने प्रवक्ता कार्कीले  बताए ।

    बैठकले सार्वजनिक खर्चलाई मीतव्ययी, प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गरेको छ । यस्तै, २५ भदौमा गठित मन्त्रिपरिषद्का समितिहरूको पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij