वेबटिभी खबर
सर्लाही । जिल्लाको नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ । शनिबार सर्लाहीको मलंगवा नगरपालिका-२, नेपाल-भारत सीमाक्षेत्र दशगजाबाट लागुऔषध गाँजासहित ब्रम्हपुरी गाउँपालिका-८, भेल्ही निवासी ४५ बर्षका बिन्देश्वर सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
सहनी गाँजा बोकेर नेपालबाट भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । पैदल यात्री सहनीमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको नाइलनको झोलाबाट ३ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सहनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij