Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

  • चैत्र ६, २०७७ शुक्रवार १०:२९ बजे
  • 931
    SHARES
  • कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ ।

    नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै भने, ‘पोखरी पुनःनिर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ, अबको केही दिनमै हामी पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारीमा छौं, हल्ला गरेजस्तो गरेर हामीले पोखरीको बीचमा कङ्क्रिटको कमल राख्दैनौं, पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित छ ।’ 

    पोखरीको डिजाइनका बारेमा जानकारी दिँदै उनले पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने बताए ।

    वडा नं १ मा पुनःनिर्माण भइरहेको कमलपोखरीमा करिब छ करोड ३६ लाखको लगानी छ । पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । कमलपोखरीमा नौवटा चैत्य रहनेछन् भने पोखरी छिर्ने द्वारलाई नेपाली स्वरुप दिइने छ । पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिगंटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिने योजना छ ।

  • सम्बन्धित विषय:

  • # कमलपोखरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij