Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा

मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा

  • 478
    SHARES
  • मंगल ग्रहमा पर्सिभरेन्सले गर्दैछ नयाँ खुलासा

    न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय नासाको मंगल ग्रह मिसन पर्सिभरेन्स (पर्सी)ले मंगल ग्रहमा जीवन रहेको संकेत खोज्ने क्रममा महत्वपूर्ण स्थानमा पुगेको र उसले नयाँ नयाँ खुलासा गरेको वैज्ञानिकहरूले बताएका छन् । 

    images

    गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएपछि पर्सिभिअरन्सले त्यहाँ वरपरका हजारौँ तस्बिर पृथ्वीमा पठाइरहेको छ । तस्विरहरूले मंगल ग्रहमा आजभन्दा साढे तीन अर्ब वर्ष पहिले ठूलो ताल रहेको पुष्टि गरेका छन् । पर्सीले खिचेको तस्विरले तालनजिक पानीको बहाव कम भएको देखाएको छ । तस्विरबाट मंगल ग्रहको वातावरणमा सूक्ष्म जीवका अवशेष बाँकी रहेको हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् । 

    पर्सीले पठाएका तस्विरले त्यहाँ भूआकार रहेको देखिए पनि मंगल ग्रहको जमिनमा नउत्रिएसम्म त्यसलाई पुष्टि गर्न नसकिने वेलायतस्थित इम्पिरियल कलेजका प्राध्यापक सञ्जीव गुप्ता बताउँछन् । भूउपग्रहबाट देखिएको भूआकार बाढीले बनाएको हुन सक्ने गुप्ताको अनुमान छ । पर्सी सो भूआकारबाट दुई किलोमिटर जतिको दूरीमा छ ।

    पर्सीले पठाएको एउटा तस्विरबाट वैज्ञानिकहरू सवैभन्दा बढी उत्साहित छन् । सो तस्विरमा मंगल ग्रहको माटोमा विभिन्न तह देखिन्छ । ती तहहरू नदीले  थेग्राएको माटोबाट बनेको अनुमान गरिएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology