वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवरात्री धुमधाम मनाइरहेकै बेला भारतमा दैनिक संक्रमितको संख्या लगातार घट्दै गएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २३ हजार ६२४ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २ लाख ३० हजार रहेको छ । उक्त सक्रिय संक्रमितको संख्या पछिल्लो ७ महिनायताकै कम हो ।
संक्रमण नियन्त्रणमा आएसागै देशभर बजार, स्कुल, कलेज र अन्य संस्थाहरु खुलेका छन् । भारतमा अहिले धुमधामसँग नवरात्री मनाइँदैछ । यस्तो अवस्थामा संक्रमितको संख्या घट्नु सुखद लक्षण भएको भारतीय स्वास्थ्य मन्त्रालयको भनाई छ ।
हालसम्म भारतमा कोरोना भाइरसविरुद्धको खोप ९४ करोड ७० लाख डोज लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij